काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
आज सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उनले दिएको रिटमा दुबै पक्षलाई बोलाएको छ ।
दुबै पक्षको बहस सकिएर आदेश नहुन्जेल श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न आदेश भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । यो आदेशसँगै श्रेष्ठको सांसद पद केही दिन कायम रहने भएको छ ।
श्रेष्ठ अब संसद बैठकमा जान पाउँछन् कि पाउँदैनन् भन्ने कुरा लिखित आदेशमा आउने उनले बताए ।
आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरूद्ध पूर्वसांसद ढाकाकुमार श्रेष्ठले दिएको रिट दिएका थिए ।
ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar