काठमाडौं– नेपाल प्रहरीले बैदेशिक रोजगाकारका लागि कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–१०, गोरखा घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने ३१ वर्षीया सुदीप लामा तामाङ रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
तामाङले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने लोभ देखाएर ३१ लाख ठगी गरेको आरोप छ । उनले कम्बोडियाको प्रतिष्ठित कम्पनीमा कम्युटर अपरेटरमा काम लगाइदिने र मासिक दुई लाख पारिश्रमिक हुने भनी तीन जनालाई ठगी गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
तीनजना पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको उनले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar