काठमाडौं – देशभर गरी थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१ हजार ९६४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जना एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार थप १२ जना सङ्क्रमणमुक्त समेत भएका छन् । यो सँगै देशभर पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ पुगेको छ ।
सक्रिय सङ्क्रमितमध्ये २० जना संस्थागत आइसोलेसनमा, आईसीयूमा ८ जना तथा भेन्टिलेटरमा १ जना उपचाररत छन् । त्यस्तै महामारी सुरु भएयता नेपालमा मात्र १२ हजार ३१ जनाले ज्यान गुमाइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar