काठमाडौं – गायिका इन्दिरा जोशी र पति शरद केडियाले विवाहको एक वर्षपछि शनिबार विवाहभोज गरेका छन् ।
सोल्टी होटलमा आयोजित रिसेप्सनमा फिल्म, संगीत, फेसन र टेलिभिजन क्षेत्रका व्यक्ति उपस्थित रहे । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह दम्पतीसहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, न्ह्यु बज्राचार्य, कुन्ती मोक्तान दम्पती, रामकृष्ण ढकाल, निर्मल शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ लगायत पार्टीमा उपस्थित थिए ।
सीमित मान्छेको उपस्थितिमा इन्दिरा र शरदले विवाह ‘सेलिब्रेसन’ गरेका हुन् । गायिका जोशी र फेसन डिजाइनर केडियाबीच २०७९ को जेठ ३१ गते विवाह भएको थियो । माउण्ड एभरेस्ट फेसन रनवेमा भाग लिन सगरमाथा क्षेत्र जाने क्रममा शरदले इन्दिरालाई प्रेम प्रस्ताव राखेका थिए, जसलाई इन्दिराले स्वीकार गरेकी थिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar