काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस अब विश्वव्यापी स्वास्थ्य आपतकाल नरहेको घोषणा गरेको छ ।
डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार कोभिड–१९ महामारी विश्वव्यापी स्वास्थ्य आपतकाल नभएको बताएको बिबिसीले जनाएको छ ।
यसअघि डब्लुएचओको आपतकालीन समितिको बैठक बसेर कोभिड–१९ लाई विश्व स्वास्थ्य आपतकालबाट हटाउन सिफारिस गरेको थियो ।
जनवरी २०२१ मा हरेक साता औसतमा १ लाख कोरोना संक्रमितको मृत्यु हुने गरेको थियो। अहिले यो संख्या ३ हजार ५ सयमा झरेको डब्लुएचओको भनाइ छ ।
सन् २०१९ को अन्ततिर चीनको वुहानबाट सुरू भएको कोभिड–१९ महामारीले संसारभरि ७० लाख मानिसको ज्यान लिएको औपचारिक तथ्यांक छ ।
डब्लुएचओ प्रमुख गेब्रेयससले उक्त संख्या झन्डै २ करोडको हाराहारीमा भएको बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar