काठमाडौं– भद्रपुर विमानस्थलबाट ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ र सन्ध्या श्रेष्ठ रहेका छन् ।
बिहीबार राति ९ बजे झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौं आउने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
झापाका डिएसपी खगेन्द्र प्रसाद रिजालका अनुसार विमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहरी टोलीले चेक गर्दा भित्री वस्त्रमा लुकाएर ल्याइएको ब्राउन सुगर भेटिएको हो ।
पक्राउ परेका दुई जनाको साथबाट ब्राउन सुगरसहित मोबाइल, नेपाली नागरिकता बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar