चैनपुर – संखुवासभामा आज दुर्घटनामा परेको हेलिकप्टरले अरुण तेश्रो जलविद्युत आयोजनामा माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको खुलेको छ ।
माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीका अनुसार हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो । हेलिकप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको थियो ।
त्यस्तै हेलिकप्टरमा चालकसहित ४ जना रहेका थिए । यद्धपी क्षतिको थप विवरण भने आइसकेको छैन । अहिले उद्धारका लागि काठमाडौंबाट अर्को हेलिकप्टर पठाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar