काठमाडौं– पानी परेसँगै काठमाडौंको अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियसले घटेको छ । वैशाख पहिलो हप्ता २९ देखि ३० डिग्री सेल्सियस रहेको काठमाडौंको अधिकतम तापक्रम हिजो २१ डिग्री सेल्सियसमा झरेको छ ।
गएको चैत अन्तिमतिर काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियससम्म पुगेको थियो । तर, केही दिनयता लगातारजसो पानी परिरहेकाले अधिकतम तापक्रम घट्दो छ । काठमाडौंैसहित देशभरकै तापक्रम घट्न थालेको छ ।
तराईका जिल्लामा ४० देखि ४१ डिग्री सेल्सियससम्म पुगेको तापक्रम अहिले ३४ देखि ३५ डिग्री सेल्सियससम्म झरेको छ । वर्षासँगै मौसम बदली हुँदा र घाम नलाग्दा अधिकतम तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए । गएको शनिवार दिउँसोदेखि धेरै ठाउँको मौसम धुम्म छ । पानी पर्ने र रोकिने क्रम चलिरहेको छ ।
आज पनि धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । काठमाडौंसहित अन्य क्षेत्रमा दिउँसो पछि पानी पर्ने अनुमान रहेको मौसमविद् पौडेलले जानकारी दिए ।
उनका अनुसार पर्सि बिहीवारदेखि मौसम क्रमिक रुपमा खुल्दै जाने अनुमान छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar