लुधियाना– भारतको पञ्जाबमा एउटा पसलमा ग्याँस चुहिंदा करिब ९ जनाको मृत्यु भएको छ ।
सोही घटनामा ११ जना घाइते भएका हुन् । पञ्जाब, लुधियानाको ग्याँसपुरा क्षेत्रमा रहेको पसलबाट चुहिएको ग्याँसका कारण ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
घाइते भएका ११ जनालाई अस्पताल भर्ना गरिएको त्यहाँको प्रहरीले बताएको हो ।
अस्पताल भर्ना गरिएकाहरु बेहोस अवस्थामा रहेको जनाइएको छ । प्रहरीले घटनास्थल वरपरको ३ सय मिटर क्षेत्रलाई घेरा हालेको छ । मेडिकल टिमसहित पुगेको सुरक्षाकर्मीको टोलीले मानिसहरुलाई उद्धार गरेको छ ।
कस्तो खालको ग्याँस चुहिएको हो भन्ने यकिन भइनसके पनि अमोनिया ग्याँस चुहिएको आशंका गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar