धादिङ – नेपाली सेनाले निर्माण गरेको सेर्तुङस्थीत् कोच्जोङको हेलिप्याड रुबिभ्याली गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
हेलीप्याड निर्माणाधिन स्थलमा आयोजित् एक कार्यक्रममा नेपाली सेनाको ६ बाहिनी अड्डाका सहायक बाहिनी पति बिरेन्द्र मल्ल ठकुरी, शिब दल गण गजुरीका कर्नेल अशोकराज बरालले गाउँपालिका उपाध्यक्ष फेलामा तामाङलाई हेलिप्याड हस्तान्तरण गरेको हो ।
भौगोलिक रुपमा विकट रुबिभ्यालीमा बर्खाको समयमा ४ महिना यातायात सुबिधा बन्द हुन्छ । बाढी, पहिरो तथा सुत्केरी व्यथा जस्तो आपत कालिन अवस्थामा यो हेलिप्याड निर्माणले उद्दार कार्यमा बिशेष भूमिका खेल्ने गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिए । गाउँपालिका अध्यक्ष तामाङका अनुसार सेनाले हस्तान्तरण गरेको हेलीप्याडमा अवरात्रीकालिन समयमा पनि नाईट भिजन हेलि ल्याण्ड गराउने स्तरमा विकास गरिने छ ।
हेलीप्याड हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधीहरुसंगै स्थानिय भद्र भलाद्मीहरुको उपस्थिति रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar