• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

१६ घण्टा अघि
२

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

१ दिन अघि
३

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

१ दिन अघि
४

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

१ दिन अघि
५

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

१ दिन अघि
६

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

१ दिन अघि
७

नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

१ दिन अघि
८

युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

२ दिन अघि
९

जाजरकोटमा भूकम्पको धक्का महसुस

२ दिन अघि
१०

सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

२ दिन अघि
११

पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस

२ दिन अघि
१२

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता घोषणा हुँदै

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • Prakash Jwala news १

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus २

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    १ महिना अघि
  • rajendra sir photo ३

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • United Cement ५

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ४ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ४ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ दिन अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    रास्वपाले समर्थन फिर्ता लिए प्रचण्डले विश्वासको मत लिन पर्छ की पर्दैन ?

    न्युज डेस्कप्रकाशित मिति: २०८० बैशाख १६, शनिबार (२ साल अघि)
  • ८७६ पाठक संख्या
  • rabi with prachanada

    काठमाडौं – गत बैशाख १० गते भएको प्रतिनिधीसभाको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुई क्षेत्रमा सर्वाधिक मतसहित विजयी भएको छ ।

    उपनिर्वाचन अन्र्तगत् चितवन र तनहुँको निर्वाचनमा रास्वपाका पार्टी सभापति रवी लामिछाने र स्वर्णिम वाग्लेले जित हाँसिल गरेलगत्तै सभापती लामिछानेले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने घोषणा गरे । त्यस्तै शुक्रवार प्रतिनिधीसभा दस्यको रुपमा सफत ग्रहण गरेका लामिछानेले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने दोहोर्याएका छन् ।

    उता रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए वा नलिए पनि सरकारलाई असर नपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु नपर्ने कतिपयले तर्क गरेका छन् । त्यसो त यसअघी सरकारमा समेत यसअघि सहभागी भएको रास्वपाले समर्थन फिर्ता लिए प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने पनि कतिपयले तर्क गरिरहेका छन्।

    यदि प्रतिनिधिसभामा २१ सांसद रहेको रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ला लिए प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्छ की पर्दैन ? यसबारे राजनीतिक दल र संविधानका जानकारहरूको बुझाइमा एकरूपता छैन। यद्धपी रास्वपाले समर्थन फिर्ता लिए पनि प्रचण्ड नेतृत्वको सरकारले बहुमत भने गुमाउँदैन।

    गत चैत्र ६ गते पछिल्लो पटक विश्वासको मत लिएका प्रधानमन्त्रीलाई १७२ जना सांसदले समर्थन गरेका थिए।  कुल २७५ सदस्यीय प्रतिनिधिसभाको बहुमतका लागि कम्तीमा १३८ सांसदको समर्थन आवश्यक पर्छ। त्यस कारण २१ सदस्य रहेको रास्वपाले समर्थन फिर्ता लिए पनि सरकारसँग बहुमत कायम रहन्छ।

    संविधानको धारा १०० ले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने सर्तहरूमध्ये एकमा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्था पनि उल्लेख छ।  “सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले संसद्‌मा विश्वासको मत लिनुपर्नेछ,” धारा १०० मा भनिएको छ।  संविधानको यही व्यवस्थाका कारण प्रचण्डले यसअघि सरकारको साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएपछि विश्वासको मत लिएका थिए।

    पुस ११ गते बनेको प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी माघ २२ गते सरकारबाट बाहिरिए पनि “स्थिरताका लागि” भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। सरकारमा सहभागी नभएको तर समर्थन मात्रै गरेको दलले समर्थन फिर्ता लिएको अवस्थामा भने बहुमतको प्रश्न नउठेसम्म विश्वासको मत लिइराख्नुपर्ने बाध्यता संविधानले नगरेको संविधानका जानकारहरू बताउँछन्।

    यसअघि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको दल भएको र प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नै गरेको दल भएका कारण रास्वपा सरकारबाट बाहिरिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने तर्क कतिपयको छ। पूर्व कानुन मन्त्री समेत रहेका एमाले नेता अग्नि खरेल पनि प्रधानमन्त्रीले विश्वासको मत लिनु उपयुक्त हुने बताउँछन्। “प्रधानमन्त्रीले प्रश्न उठ्न नदिन खोजेको हो भने विश्वासको मत लिनुपर्छ,” “तर प्रधानमन्त्रीले सरकार चलाउन बहुमतको सङ्ख्या आफूसँग छँदैछ भन्ने लाग्छ भने उहाँको विचार हो।” खरेलले भने।

    यसअघि प्रधानमन्त्री भएपछि र एमाले तथा राप्रपा बाहिरिएपछि विश्वासको मत लिएका प्रचण्डले फेरि विश्वासको मत लिनुपर्‍यो भने त्यो तेस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था बनेको हुनेछ। भारत भ्रमणको तयारी गरिरहेका प्रचण्डका लागि विश्वासको मत जुटाउने विषय अल्झोका रूपमा खडा भैदिन सक्छ। तर पूर्व सांसद समेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारी सरकारको पक्षमा बहुमत गुमेको प्रश्न नउठेसम्म विश्वासको मत लिन नपर्ने बताउँछन्। “यसरी हरेक दल बाहिरिँदा विश्वासको मत लिने संविधानको भावना होइन। समग्र भावना हेर्‍यो भने बहुमत नगुमाएसम्म विश्वासको मत लिनु पर्दैन भन्ने मलाई लाग्छ,” बिडारीले भने।

    पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा पहिलो पटक र चैत ६ गते पुनः दोस्रो पटक विश्वासको मत लिएका थिए।  प्रचण्डले पुस २६ मा विश्वासको मत लिँदासम्म रास्वपा सरकारमै थियो। चैत्र ६ गते दोस्रो पटक विश्वासको मत लिनुअघि नै रास्वपा सरकारबाट बाहिरियो तर समर्थन भने कायम राखिरह्यो। प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदा रास्वपा सरकारबाट अलग भइसकेका कारण यदि यो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रचण्डले विश्वासको मत लिनु नपर्ने काठमाण्डू विश्वविद्यालयमा कानुन विषयका प्राध्यापक विपिन अधिकारी बताउँछन्।

    “दोस्रो पटक रास्वपाले सरकारमा भाग नलिई समर्थन गरेको हो। समर्थन मात्रै गरेको दलले समर्थन फिर्ता लिँदा विश्वासको मत लिइरहनुपर्ने बाध्यता छैन। त्यस कारण प्रधानमन्त्रीले विश्वासको मत लिइरहनुपर्दैन,” उनले भने।  माओवादीका पूर्व सांसद बिडारी पनि प्रधानमन्त्रीले पछिल्लो पटक विश्वासको मत लिएपछि रास्वपा सरकारमा नगएका कारण विश्वासको मत लिन नपर्ने बताउँछन्।

    यस्तो छ विगतको अभ्यास !

    यसअघि २०७५ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारबाट उपेन्द्र यादव नेतृत्वको दल बाहिरिएर समर्थनसमेत फिर्ता लिएपछि सरकारले विश्वासको मत लिनुपर्ने प्रश्न उठेको थियो। तर त्यस बेला ओलीले सरकारमा एउटै दलको बहुमत रहेका कारण यादवको तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको समर्थन फिर्ताले कुनै असर नगर्ने दाबी गर्दै विश्वासको मत लिएका थिएनन्।

    “त्यो नेकपा एक्लैसँग बहुमत भएको अवस्था थियो। अहिले जस्तो १० वटा दल जुटाएर ३२ सिट भएको पार्टीले सरकार बनाएको अवस्था र त्यसको तुलना हुँदैन,” तत्कालीन समयमा महान्यायाधिवक्ता समेत रहेका खरेलले भने। पछि सर्वोच्च अदालतको फैसलाबाट तत्कालीन नेकपा विभाजित भएपछि ओलीले संसद्‌मा विश्वासको मत परीक्षण गराएका थिए। ओलीले विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको थियो।

  • subhayug
  • प्रतिनिधीसभाको उपनिर्वाचन
  • रवी लामिछाने
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • रास्वपा
  • सभापति
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

  • युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

  • प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

  • नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ


  • समाचार
  • १

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट
    १६ घण्टा अघि

  • २

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    १ दिन अघि

  • ३

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    १ दिन अघि

  • ४

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    १ दिन अघि

  • ५

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान
    १ दिन अघि

  • ६

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प
    १ दिन अघि

  • ७

    नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु
    १ दिन अघि

  • ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम
    २ दिन अघि

  • ९

    जाजरकोटमा भूकम्पको धक्का महसुस
    २ दिन अघि

  • १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution