काठमाडौं–वर्षा कारण रोकिएको एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओभरको हुने भएको छ ।
डेढ घन्टा रोकिएको खेल सुरु गर्ने तयारीमा छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको थियो ।
नेपालका लागि रोहित पौडेल ३० रन र कुशल मुल्ल ३२ रन बनाएर खेलिरहेका छन् ।
ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए । यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके ।
प्रतियोगिताको अर्को सेमिफाइनलमा ओमान र युएईबीच मुलपानीमा खेल भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar