काठमाडौं – आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आइएमई पे’ मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ ।
विश्वको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दावी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गरिदै आएको छ । ‘आइएमई पे’ ले सो बोनस रकम आगामी दिनमा पनि निरन्तरता दिदैं ग्राहकलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दावी गर्न प्रोत्साहन गरेको छ ।
सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दावी गर्दा पनि उपलब्ध हुने उल्लेख छ ।आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।
आइएमई पे आइएमई गु्रपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको उत्पादन भएको पनि विज्ञप्तिमा उल्लेख छ । आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्ट मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्ने पनि उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar