काठमाडौ – विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्रयाइरहेको नेपाल रेमिट इन्टरनेशनल र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहारा नेपाल ‘साकोस’का पूर्वी नेपालमा रहेका ८० भन्दा बढि शाखाबाट सहजै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका तर्फबाट डिजिएम देवबहादुर थापा र सहाराको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर गरेका हुन् ।
विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिटले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउदै आएको छ । विशेष गरी डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिदै आएको यस्ले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइममानै बैँक डिपोजिट हुने व्यवस्था मिलाएको छ भने देशभर रहेका १५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत रेमिट्यान्स् भुक्तानी लिन सकिने जनाएको छ ।
सहारा बचत तथा ऋण सहकारीले आफ्ना सदस्यलाई बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउँछ । यसले पूर्वी नेपालका विभिन्न जिल्लामा ८० भन्दा बढि शाखा मार्फत बैंकिग सेवा प्रदान गर्दै आएको छ । साकोसले बचत खाता, ऋण, बीमा तथा रेमिट्यान्स् लगायतका सेवा प्रदान गर्दै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar