धादिङ – गत बैशाख ९ गते आगलागीमा परी पुर्ण रुपमा घरगोठ जलेका धादिङको गजुरी गाउँपालिका २ स्थीत् चम्पराङका दुई परिवारलाई उद्धारका लागी आर्थिक शंकलन कार्य सुरु भएको छ ।
घर नजिकैको सामुदायिक बनमा सल्कीएको आगोले चम्पराङका निबासि कुलमान श्रेष्ठ र योगमान श्रेष्ठको घर गोठ पुर्ण रुपले जलेको थियो । आगलागीमा परि घर गोठ, अन्नबाली, लत्ता कपडा सहित् लाखौंको धनमाल नष्ठ भएपछी स्थानिय विजय तामाङ बाशुले पिडित कुलमान र योगमानको परिवारको उद्धारका लागी आर्थिक शंकलन कार्य सुरु गरेका हुन् ।
पुर्ण रुपले घर गोठ जलेपछी उनिहरुलाई खान र बस्नका लागी अहिले स्थानियले सहयोग गरेको र उक्त सहयोग संगै अव लगत्तै घरगोठको पुर्ननिर्माण गर्नुपर्ने भन्दै आर्थिक सहयोग शंकलन गरिएको बाशुले बताए । बाशुले सामाजिक संजाल फेसबुक मार्फत् पिडितहरुलाई सहयोगको अपिल गरेका छन् । उनले सम्पर्कका लागी योगमान श्रेष्ठको नाम र मोवाईल नं. सार्वजनिक गर्दै सहयोगको अपिल गरेका छन् । उनले फेसबुकमा लेखेका छन् ‘गजुरी गाउँपालिका वडा नं.२ साबिक ८ चम्पराङ निबासि कुल मान श्रेष्ठ र योग मान श्रेष्ठको गत २०८० बैशाख ९ गते दिउँसो एक्कासि सल्केको आगो बाट घर पुर्णरुपमा जलेर नष्ट भएको हुँदा उहाँको उद्धारका लागी हामी सबै मिलेर आफुले सक्ने सहयोग गर्नुपर्ने भएको छ । उहाँलाई सहयोग गर्ने यो अभियान मा जोडिन यहाँहरु सबै मा विनम्र अनुरोध गर्दछु ।’
उनले सहयोग गर्न चाहनेले आगलागी पिडित योगमान श्रेष्ठलाई नै प्रत्यक्ष सम्पर्क गर्न सक्ने भन्दै श्रेष्ठको मोवाईल नं.९८४०५३७१०४ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar