काठमाडौं – लुम्बिनी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने स्वीकृति पाएको छ ।
आइतबार बैंकले धितोपत्र बोर्डबाट ‘११ प्रतिशत एलबीबीएल डिभेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको अन्तिम स्वीकृति पाएको हो ।बैंकले अबको केही समयमा नै ऋणपत्रको निष्कासन तथा बिक्री खुलाउने जनाएको छ । बैंकले आइतबार १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्ने स्वीकृति पाएको हो ।
उक्त ऋणपत्रमध्ये बैंकले ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संस्थाहरुलाई बिक्री गर्ने छ । बाँकी ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक रुपमा सर्वसाधारणलाई निष्कासन तथा बिक्री गर्ने छ । बैंकले उक्त ऋणपत्र प्रति कित्ता १ हजार रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ ।
ऋणपत्रले लगानीकर्तालाई वार्षिक ११ प्रतिशत ब्याज दिनेछ । १० वर्षमा उक्त ऋणपत्र परिपक्व हुने छ । यस ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar