चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरी सत्ताको बार्गेनिङ सुरु गरेका छन् ।
चितवन २ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका हुन् । सरकारलाई दिएको समर्थन के हुन्छ भन्ने संचारकर्मीहरुको प्रश्नमा लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताए । ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्ने कारण देखेको छैन,’ सभापति लामिछानेले भने, ‘यो सरकारमा जाने त सम्भावनै छैन ।’
लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने पनि बताए । विजयी घोषणा लगत्तै काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनको भनाइ छ । नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने पनि लामिछानेको भनाई थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar