चितवन – चितवन – २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ ।
२१ हजार मत गणना गर्न बाँकी रहे पनि हालसम्मको मतपरिणाम अनुसार लामिछानेको जित निश्चित भएको हो । अहिले कालिका नगरपालिकाको मतगणना भइरहेको छ । चितवन – २ मा पर्ने भरतपुर महानगरपालिकाका १० वटा वडाहरु र इच्छाकामना गाउँपालिकाको सम्पूर्ण मत गनेर सकिँदा लामिछानेले निकटतम प्रतिस्पर्धी भन्दा ३२ हजार ६१२ मतको फराकिलो मतान्तर कायम गरेका छन् ।
तीन स्थानिय तह मध्ये इच्छाकामना र भरतपुरमा कुल ५६ हजार ४९६ मत खसेको चितवन – २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक जानकारी गराएको छ । जसमध्ये ५५ हजार ६२६ मत सदर भएको छ । यी दुई पालिकाका सदर मतमध्ये लामिछानेले ४० हजार ५९ मत ल्याएका छन् । त्यस्तै कांग्रेसका जीतनारायण श्रेष्ठको ७ हजार ४५७ र एमालेका रामप्रसाद न्यौपानेको ७ हजार २६८ मत पाएका छन् ।
दुई पालिकाको अन्तिम मत परिणाम आउँदा लामिछाने एक्लैलाई ७२ प्रतिशत मत गएको छ । अब कालिका नगरपालिकाको मत गणना सकिए लगत्तै लामिछाने विजयी भएको औपचारिक घोषणा हुने छ । मध्याह्नसम्म अन्तिम परिणाम आइसक्ने मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ ।
अघिल्लो पटक मंसिर ४ मा भएको निर्वाचनमा लामिछाने चितवन – २ बाट विजयी हुँदै गर्दा ५९ प्रतिशतको हाराहारीमा मत ल्याएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar