काठमाडौं – सोमबार राति फ्लाई दुबईको जहाजमा चरा ठोक्किएर आगो लागेको हुन सक्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अधिकारीहरूले आशंका गरेका छन् ।
आज (मंगलबार) बिहान विमानस्थल खुल्नुअघि नियमित धावनमार्ग रनवे चेकजाँच गर्ने क्रममा त्यहाँ मरेको चरा भेटिएपछी गएराती जहाजमा चरा ठोक्किएर आगो लागेको हुन सक्ने अधिकारीहरूले आशंका गरेका हुन्। नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार धावनमार्गमा भेटिएको चरा भँगेरा भन्दा केही ठूलो आकारको छ । तर कुन प्रजातिको चरा हो भन्ने एकिन भइनसकेको उनले बताए ।
सोमबार राति पनि धावनमार्ग जाँच गर्दा कोटेश्वरतर्फको धावनमार्गको किनारमा एउटा मरेको भँगेरा जस्तै चरा भेटिएको थियो । तर मरेको भँगेरा क्षतविक्षत नभएको अवस्थामा भेटिएको हुँदा जहाजमै ठोकिएको एकिन नभएकाले विमान उड्दा हुने ुएयर मुभमेन्टुले मरेको हुन सक्ने आशंका गरिएको थियो । त्रिभुवन विमानस्थल एटीसीले फ्लाई दुबईको जहाज काठमाडौं बाहिर नेपाली आकाशमै रहेका बेला मरेको भँगेरा भेटिएको भन्दै त्यसबारे पाइलटलाई जानकारी गराएको थियो । उक्त जहाजको इन्जिनमा चरा ठोकिएरै आगलागी भएको हो वा होइन भन्ने दुबईको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेपछि मात्रै थाहा हुने पनि सहप्रवक्ता भुलले बताए ।
विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो । एफ जेट – ५७६ उडान नम्बरको जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई ‘आफ्नो जहाजको बायाँ इन्जिनमा आगलागी भएको’ जानकारी दिएका थिए । उनीहरूले टावरका एटीसीलाई जहाज एउटा इन्जिनको भरमा उचाइमा चढिरहेको तर आकस्मिक अवतरण गर्न काठमाडौंमै फर्किने बताए पनि पछि उक्त जहाज दुबई नै गयो ।
नेपाली समय अनुसार राति दुई बजे९स्थानीय समय अनुसार १२ बजेर ११ मिनेटमा० उक्त जहाजले दुबईमा सफल अवतरण गरेको छ ।यो घटनाका कारण फ्लाई दुबई विमानको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समय ९स्थानीय समयअनुसार राति ११ बजे० एक घण्टा पछि धकेलियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar