नुवाकोट– भरुवा बन्दुक पड्किदा नुवाकोटमा एकजनाको ज्यान गएको छ । जिल्लाको मेगाङ गाउँपालिका –४ बस्ने ३२ वर्षीय पन्जा घलेको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
घले र सोही ठाउँका ३० वर्षीय अमृत तामाङ किम्ताङ गङमरङ सामुदायिक वनमा शिकार खेल्न गएका थिए । बन्दुक बोकेका तामाङ एक्कासि लड्दा लोड भएको भरुवा बन्दुक पड्किएर घलेको छातीमा गोलीको छर्रा लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
घलेसँगै शिकार खेल्न गएका तामाङलाई १ थान भरुवा बन्दुकसहित पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar