काठमाडौं – आज दिउँसो विराटनगरमा भएको प्रहरी र पहिचानवादी आन्दोलनकारीको झडप क्रममा प्रहरी लक्षित गरी पेट्रोल बम प्रहार भएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलका अनुसार कोशी नाम खारेजीविरूद्ध आन्दोलनमा उत्रेका आन्दोलदनकारीले प्रहरी लक्षित गरेर पेट्रोल बम प्रहार गरेका हुन् ।
यसबाट तीन जना प्रहरी घाइते भएका छन् । प्रहरीले आज ४४ राउण्ड अश्रुग्यास प्रहार गरेको उनले बताए । आन्दोलनकारीहरूले भने एक जनालाई गोली लागेको दाबी गरेका छन् । तर प्रहरीले भने गोली नचलाइएको बताएको छ ।
कोशी नाम खारेजी माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा विराटनगरमा झडप भएको हो ।
प्रदेशको नाम कोशी खारेज गरेर पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने भन्दै ५ चैत मा विराटनगरमा प्रदर्शन भएको थियो । सोही दिन घाइते भएका उनको चैत १० मा मृत्यु भएको थियो । आज उनको अन्त्येष्टि गरिदैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar