काठमाडौं – थ्री स्टार हाइड्रोपावरले आउँदो सोमबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुलाउने भएको हो । नेपाल धितोपत्र निष्कासन बोर्डका अनुसार हाइड्रोपावरले सोमबारदेखि स्थानीयसँगै वैदेशिक रोजगारीमा गएकाहरुलाई समेत आईपीओ बिक्री गर्नेछ । हाइड्रोपावरको जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँ छ ।
जारी पूँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता सेयर बिक्री गर्नेछ ।
यसमध्येबाट १० प्रतिशतले हुन आउने ४ लाख ९२ हजार ५०० कित्ता सेयर खोटाङका स्थानीयलाई वितरण गर्ने छ । यस्तै, १० प्रतिशतले नै हुन आउने सोही बराबरको सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याइएको कम्पनीले जनाएको छ । यो सेयरमा ११ गतेदेखि २५ गतेसम्ममा आवेदन दिन पाइने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar