काठमाडौं– चालू आर्थिक वर्ष २०७९–८० को ९ महिनामा करोडौं रुपैयाँ बराबरको पापड आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि चैतसम्मको तथ्यांकअनुसार ९ महिनामा १७ करोड ७८ लाख रुपैयाँ बराबरको पापड आयात भएको हो ।
विभागका अनुसार ९ लाख ७९ हजार किलोग्राम बराबरको पापड भित्रिएको छ । यो परिणामको पापड ल्याउँदा आयातकर्ताले सरकारलाई ९ करोड ४० लाख रुपैयाँ राजश्व बुझाएको छ ।
नेपालमा भित्रिने सबै पापड दक्षिण छिमेकी मुलुक भारतबाट आउने गरेको छ । नेपालबाट समेत विदेशतर्फ पापड निर्यात हुने गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट पापड, दालमोट र भुजियाका रुपमा एकमुष्ट २१ करोड रुपैयाँको निर्यात भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar