काठमाडौ – एनआइसी एशिया बैंकले चैत मसान्तसम्म चार अर्ब एक करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा सो कुरा उल्लेख छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशत बढि हो । बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासीक अवधिमा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २ खर्ब ७७ अर्ब ७ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।
साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३ खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ । त्यसैगरी बैंकको स्व – पुँजीमा प्रतिफल २०.१७ प्रतिशत रहेको छ । साथै, बैंकले वार्षिक प्रति सेयर आम्दानी ४६.७६ रुपैयाँ आर्जन गर्न सफल भएको पनि उल्लेख छ । बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा ४ लाख ८ हजारभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३७ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।
यो त्रैमासमा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रमा कर्जा विस्तार गरेको बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar