काभ्रेपलाञ्चोक – बनेपा नगरपालिकाको एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी करोडौं रकम कुम्ल्याएर भागेपछि अहिले अन्य सञ्चालकहरुमा रुवाबासी चलेको छ ।
दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारीका व्यवस्थापक रामेछापको गुन्सीभदौरे – ७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतमले दुवै सहकारीबाट रु १४ करोड रकम लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालकहरुमा रुवाबासी भएको हो ।
गौतम फरार भएपछी दौपदा सहकारीको करिब पाँच करोड रकम अपचलन भएको खुलेको हो । सोही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको रु ६५ लाख र उनका दाजु देवीप्रसाद गौतमको रु ५१ लाखसमेत गौतमले लिएर फरार भएको उनिहरुले बताए । गौतम प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पुण्यश्वर सहकारीको चौँरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका सात हजार दुई सय सदस्यको रु नौ करोड रकम गौतमले नै खर्च गरेर महिनौँदेखि बेपत्ता भएको भन्दै पीडितहरुले अन्य संचालकहरुलाई निवदेन दिएपछी घटना बाहिर आएको पिडितहरुको भनाई छ ।
आफुहरु ठगिएको भन्दै अहिले उनिहरुले जिल्ला प्रशासन, प्रहरी कार्यालयसहितका स्थानमा गुनाशो गरेका छन् । पिडित गौतमसंगै सो सहकारीका सचिव गंगाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताले बनेपा नगरपालिका कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालय लगायतका स्थानमा उजुरी दिएका छन् ।
विसं २०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दिएको गौतमले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar