काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन पूर्वप्रधानमन्त्री आज चितवन जाँदै छन् ।
आज बाम लोकतान्त्रिक गठबन्धनले पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उनीहरु चितवन जान लागेका हुन् । आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य नेताहरु चितवन जाने तयारी गरेको बताईएको छ।
आज दिउँसो ३ बजे कालिका नगरपालिका – ४ पदमपुर क्याम्पसको फुटबल मैदानमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सचिव सूर्य अर्यालले जानकारी दिए । उनका अनुसार सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एककिृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
आजै बारामा पनि चुनावी सभा रहेकाले त्यहाँ सम्बोधन गरेर उनिहरु चितवन आउने अर्यालले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar