डोटी – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले डोटीको बडीकेदार गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
गाँउपालिकाले महंगो दरमा गुणस्तरहीन औषधी खरिद गरेको भन्दै २ महिना अघी अध्यक्षलाई ज्ञापनपत्र बुझाएको विप्लव समुहले आज गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।
करीव दुई महिना अगाडि दिएको ज्ञापन पत्र अनुसार सुधार नभएको भन्दै विप्लव समूहले तालाबन्दी गरेको जानकारी दिएको छ । पार्टीले गाउँपालिकाले गुणस्तरहीन औषधी खरिद गरेको, सामाजिक सुरक्षा भत्ता वितरण झञ्झटिलो बनाएको, गाउँपालिकाको बजेटमा भ्रष्टाचार हुने गरेको, कर्मचारी छनोटमा मनोमानी गरेको जस्ता आरोप लगाएर १२ फागुनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिकाको टोलीलाई ज्ञापनपत्र बुझाएको थियो ।
तर अहिलेसम्म कुनै समस्या समाधानका लागि पहल नभएको भन्दै आज बुधबार अनिश्चितकालीन तालाबन्दी गरिएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar