काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँ – १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई विजयी बनाएर पठाए मन्त्री बनाउने घोषणा गरेका छन् ।
बुधबार, तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भट्टराईलाई बिजयी बनाएर पठाए मन्त्री बनाउने जिम्मा आफ्नो रहेको बताएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई विजयी बनाउन अपील गरेका छन्। ‘मंसिर ४ अघि चुनावी सभामा मैले रामचन्द्र पौडेलजीलाई जिताउन अपील गरे। मैले प्रधानमन्त्री बन्नुहुन्छ भनेको थिए। त्योभन्दा ठूलो देशकै सर्वोच्च पदमा निर्वाचित हुनुभयो। मेरो भनाई खेर गएन।’ प्रचण्डले भने ।
प्रचण्डले मतदाता न्यायाधीश रहेको भन्दै भट्टराईलाई विजयी बनाउन आग्रह गरे। भने, ‘गोविन्दजीलाई जिताउनुहोस। उहाँ मन्त्री बन्नुहुन्छ। म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो। यो प्रांगन भाग्यमानी छ। तपाईँहरूले रामचन्द्रजीलाई जस्तै गठबन्धनका साझा उम्मेदवार गोविन्दजीलाई जिताउनुहोस्। बाँकी काम हाम्रो हो। यो उपचुनावपछि हाम्रो सरकार रहिरहने हो।’
गोविन्द भट्टराई त्याग र तपस्याका रूपमा कीर्तिमानी बनाएको योग्य उम्मेदवार रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। प्रचण्डले भने, ‘तपाईँहरू बीचबाटै हुर्किएको योग्य उम्मेदवार हो उहाँ। त्यसकारण कुनै द्विविधामा नपरिकन उहाँलाई भोट हाल्नुहोला। तपाईँहरू न्यायाधीश हो। तपाईँहरूले उचित फैसला गर्नुहोस। त्यसको व्यवस्थापन गर्ने जिम्मा हामीले लिन्छौं। यहाँको विकास र समृद्धिका बारेमा म पनि कटिबद्ध छु।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar