काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक रहेको छ।
गत सोमबार चितवनमा घरको तीन तलामाथिबाट लडेर गम्भिर घाईते भएका थापाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक रहेको बताईएको छ । उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। थापालाई उपचारका लागी हिजो मंगलबार एयरलिफ्ट गरी काठमाडौं ल्याइएको थियो।
मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राज राणाले थापाको टाउकोमा गम्भीर प्रकृतिको चोट लागेको र भेन्टिलेटरमा राखेर उपचार गरिरहेको जानकारी दिए । ‘टाउकोमा गम्भीर प्रकृतिको चोट छ, छातीमा संक्रमण पनि छ। अवस्था क्रिटिकल छ,’ डाक्टर राणाले भने, ‘उपचारमा हाम्रो आइसियूको पुरै टिम खटिएको छ।’ राणाले भने ।
राणाका अनुसार थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने थापाको अवस्था अझै चिन्ताजनक रहेको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar