एजेन्सी – साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलको दुवै लेगमा इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै रियलले च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।मंगलबार राति भएको दोस्रो लेगमा २ – ० को तथा समग्रमा ४ – ० को जित निकाल्दै रियल अघि बढेको हो । दोस्रो लेगमा रियलको जितमा दुवै गोल ब्राजिली विंगर रोड्रिगोले गरे । स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीले बल पोसेसन राखेपनि रियलले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।
५८औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १ – ० को अग्रता दिलाए । उनले ब्राजिली विंगर भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए । त्यसपछि रोड्रिगोले ८०औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियलको जित पक्का गरे ।यस हारसँगै चेल्सीले अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रशिक्षणमा लगातार चौथो हार बेहोरेको छ । ग्राहम पोटरको बर्खास्तीपछि चेल्सीले लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाएका थिए ।
तर उनको प्रशिक्षणमा चेल्सीले चार खेल खेल्दा जित निकाल्न सकेको छैन । प्रिमियर लिगमा वल्भ्स र ब्राइटनसँग पराजित भएको चेल्सीले च्याम्पियन्स लिगको दुवै लेगमा रियलसँग हार बेहोर्न पुग्यो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar