काठमाडौं – बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न सरकारसंग माग गरेका छन् ।
आज बुधबार बसेको प्रतिनिधीसभाको बैठकमा बोल्दै सांसद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न सरकारसंग माग गरेका हुन् । पाण्डेले तत्काल आयोजना निर्माण सुरु गर्ने प्रतिवद्धता जनाउन सरकारको नाममा रुलिङ गर्न पनि सभामुखलाई आग्रह गरे । गोरखा र धादिङको सीमानामा बुढीगण्डकी नदीमा बन्ने १२ सय मेगावाटको जलासययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि स्वीकृत भइसकेको भन्दै उनले तत्काल निर्माण गर्न माग गरे ।
उक्त आयोजना निर्माणका लागि अब २ खर्ब ६० अर्ब भए पुग्ने र सरकारले यही आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत १ खर्ब रुपैयाँ भन्दा बढी संकलन गरिसकेको पाण्डेले बताए । ‘सरकारले आयोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ तेलबाट कर उठाइसकेको छ । वार्षिक २५ अर्ब रुपैयाँ तेलबाट उठ्छ । २० प्रतिशत शेयर उठाउँदा करिब ५० अर्ब उठ्छ । निर्माण अवधिमा तेलबाटै २ खर्ब रुपैयाँ उठ्छ । वर्षमा २५ अर्बको स्रोत सुनिश्चित गर्दा यो आयोजना बन्छ’, उनले भने ।
पाण्डेले, आयोजनाको मुआब्जा वितरणमा सरकारले ४१ अर्ब रुपैयाँ खर्च गरिसकेको भन्दै आयोजना निर्माण भएमा जलविद्युत, पर्यटन र माछापालनबाट लाखौं मान्छेले रोजगारी र व्यवसाय गर्न सक्ने बताए । बुढीगण्डकी आयोजनाका लागि पेट्रोलियम पदार्थबाट संकलन गरेको रकम सरकारले अन्यत्र लगानी गरेकामा असन्तुष्टि जनाउँदै उनले तत्काल निर्माण अघि बढाउन माग गरे ।
बुढीगण्डकी आयोजनाका लागि पेट्रोलियम पदार्थबाट संकलन गरेको रकम सरकारले अन्यत्र लगानी गरेकामा पाण्डेले असन्तुष्टि जनाउँदै अव तत्काल निर्माण कार्यलाई अघि बढाउन माग गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar