धादिङ – जिल्लाको सिद्धलेक ४ सलाङघाटमा रहेको जलेश्वरी माध्यमिक विद्यालयलाई पूर्व शिक्षक विनोदकुमार त्रिपाठीले आर्थिक सहयोग गरेका छन् ।
बेनिघाट रोराङ गाउँपालिका ३ मलेखु निबासी पूर्व शिक्षक त्रिपाठीले विद्यालयमा अध्ययनरत् २ जना विद्यार्थीको वार्षिक शैक्षिक सामग्री तथा परीक्षा शुल्क सहितको रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
उनले २ जना गरीब तथा जेहेन्दार विद्यार्थी को लागि छात्रवृति, शैक्षिक सामग्री तथा परीक्षा शुल्क वापत रु.१० हजार रकम सहयोग गरेको प्रधानाध्यापक भोजराज अर्यालले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar