काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु) को उपचार ललितपुरको मेडिसिटी अस्पतालमा हुने भएको छ ।
चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका उनको चितवनकै पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो । तर उपचारमा संलग्न चिकित्सक र आफन्तको सल्लाहमा उनलाई आजै हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको छ । रास्वपाका सभापति लामिछानेले बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी चिकित्क र आफन्तको सल्लाहमा काठमाडौं पठाइएको फेसबुकमार्फत जानकारी दिएका छन् ।
चितवनमा लामिछाने बस्दै आएको घरको छतबाट खसेका थापा गम्भीर घाइते भएका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar