काठमाडौं – कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्न थालेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७१ जना सङ्क्रमित थपिँदा २ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा १७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा ८५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा ४ जना भेन्टिलेटरमा छन् भने आइसियुमा ८ जना रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar