धादिङ – ले चरौंदी बजारमा दोस्रो औद्योगीक तथा पर्यटन महोत्सव गर्ने भएको छ ।
जिल्ला होटल संघ धादिङको आयोजना र नारायणी फेयर एक्जिवसन नेपाल चितवनको व्यवस्थापनमा आउँदो बैशाख १४ देखि २४ गते सम्म बेनीघाट रोराङ ७ स्थीत् चरौंदी बजारमा महोत्सव गर्न लागेको हो ।
महोत्सवमा चेपाङको नमुना घर, भेष भुसा, स्थानिय घरेलु उत्पादन, औद्योगिक उपकरणहरु, त्रिशुलीमा र्याफ्टीङ, क्यानोनिङ, कार्वन भ्यूटावर, रिचोक टावर, सुन्दर नागीको झल्कोसहितको प्रदर्शनी सहित् स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar