काठमाडौं – एभरेष्ट बैंकको मोबाइल बैकिङ एप मार्फत स्मार्ट क्युआर भुक्तानी लिने मर्चेन्टलाई सजिलै भुक्तानी गर्न मिल्ने भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आज मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको थलानी गरेका हुन् । बैंकले मोबाइल बैकिङ एप (ईभीएल टच २४) मार्फत क्युआर भुक्तानी सेवा शुरु गरेको हो । सेवाको थलानी भएसंगै एप प्रयोगकर्ताले भाटभटेनी, सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्टलगायत स्मार्ट क्युआरमा आबद्ध दुई लाखभन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
साथै, ग्राहकले भुक्तानी गरेपश्चात् रकम सिधै बैंकको खातामा जम्मा हुने सुविधा भएको यस सेवाले बैंकमा खाता रहेका मर्चेन्टलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar