काठमाडौं – शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबसँग हिमालयन शेर्पा क्लब फराकिलो अन्तरले पराजित भएका छन् ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पालाई ६–० गोलले हरायो । फ्रेन्ड्सका लागि राफिक अमिनुले दुई तथा अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एक÷एक गोल गरे ।
यो जितसँगै नौ खेलमा आठ अङ्क जोडेर फ्रेन्ड्स तालिकाको १२ औँ स्थानमा पुगेको छ । उति नै खेल खेलेको हिमालयन शेर्पा नौ अङ्कसहित ११ औँ स्थानमा छ ।
यस्तै, आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । थ्री स्टार नौ खेलमा १५ अङ्कसहित छैटौँ र १५ अङ्क नै भएको चर्च ब्वाइज तेस्रो स्थानमा छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar