हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्मकट्टेलले आइतवार मन्त्रिपरिषद् विस्तार गरेका छन्।
गत २५ पुसमा मुख्यमन्त्री नियुक्त भएर गठबन्धन टुटफुटको कारण दुईपटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्मकट्टेलले आइतवार दुई मन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिं लामा र तीर्थ लामा मन्त्री बनेका छन् । मन्त्रीद्वयले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सरकारमा कांग्रेसको नेतृत्व गर्दै बहादुरसिंह आर्थिक मामिला तथा योजनामन्त्री र तिर्थ लामा खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री बनेका छन् । कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै भएपछि दलका नेता लामालाई नेता व्यवस्थापनमा चुनौती थियो। उनले पहिलो चरणमा आफूसहित दुई जना मात्रै सरकारमा जाने निर्णय गरेका हुन् ।
भागवण्डाअनुसार कांग्रेसबाट थप ३ जना मन्त्री हुनेछन् । ११ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसले ५, मुख्यमन्त्रीसहित माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले २ मन्त्रालय लिने भएका छन् । कांग्रेसले यसअघि ६ वटा मन्त्रालयमा अडान नछाडेकै कारण सरकार विस्तार हुन सकेको थिएन।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar