काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ डिल गरेको अडियो सार्वजनिक भएको छ ।
आइतबार सामाजिक संजाल मार्फत् सार्वजनिक भएको अडियोमा सांसद श्रेष्ठले बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग आफ्नो पार्टीको भागमा स्वास्थ्यमन्त्री पनि परेको र त्यसको लागी आफु योग्य रहेको भन्दै प्रसाईसंग साढे दुई करोड चन्दा दिन आग्रह गरेका हन् । चितवनबाट संचालित् कपुरबोट डटकमले सार्वजनिक गरेको उक्त अडियोमा सांसद श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि पार्टी सभापति रवी लामिछाने र उनि निकटका नेताहरूले आफूसँग साढे दुई करोड डिल गरेको बताएका छन् ।
एमालेसहितको सहयोगमा प्रचण्ड नेतृत्वको अघील्लो सरकारमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सशक्त दाबी गर्दै आएको थियो । तीन माघमा मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको यो संवादमा सांसद श्रेष्ठले भनेका छन्, ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे दुई जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर १’ उनले अगाडि भनेका छन्, ‘मन्त्री पनि बन्नुप¥यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरूको सहयोग पनि चाहियो ।’ सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद ढाकाकुमारले बताएका छन् । उनले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका दुई÷तीन जना साथी हुनुहुन्छ । उहाँहरूलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।’ उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्नेसमेत बताएका छन् ।
ह्वाट्सएपमा भएको भनिएको संवादमा व्यवसायी प्रसाईंले पनि दुई करोड सहयोग गर्ने, तर त्यसका लागि केही समय लाग्ने बताएका छन् । ‘तपाईंलाई मैले दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ’ प्रसाईंले भनेका छन्, ‘उनीहरूसँग टाइम माग्नुस्, म दिन्छु भन्नुस् ।’ संवादका क्रममा प्रसाईंले तोसिमा कार्कीले लडाइँ गर्दिनन् नि भन्ने प्रश्न गरेका छन्, जसमा रास्वपा सांसद ढाकाकुमारले मन्त्री छान्ने जिम्मा रवि लामिछानेलाई दिइसकेका कारण कुनै समस्या नहुने बताएको अडियोमा स्पष्ट छ ।
त्यतीबेला स्वास्थ्यमन्त्रीका लागि रास्वपामा ढाकाकुमारसँगै डा। चन्दा कार्की र डा। तोसिमा कार्की आकांक्षी थिए । ३ माघमा भएको मन्त्रिपरिषद् विस्तारका क्रममा स्वास्थ्य मन्त्रालय एमालेले पायो भने स्वास्थ्य राज्यमन्त्री भने रास्वपाकी तोसिमा भइन् । यद्यपि रवी लामिछानेको नागरिकता दुरुपयोग र पासपोर्ट केसमा अदालतले गरेको फैसला पछी २२ माघमै रास्वपाले सरकार छाड्यो । तर त्यसको दुई महिनापछि मात्र हिजो आईतबार उक्त अडियो सार्वजनिक भएको हो ।
उता अहियो सार्वजनिक भए पस्चात् यस सम्बन्धमा कुराकानीको प्रयास गर्दा सांसद श्रेष्ठको मोबाइल स्वीच अफ थियो । यद्धपी उनी निकटका केही ब्यक्तिहरुले भने सांसद ढाकाले, पार्टी सभापतिलाई डिल गरेजती पैषा बुझाउन नसक्दा उनी मन्त्री नबनेको बताएका छन् । पहिले सांसद बन्नैका लागी पनि करोडौं रकम पार्टीको कोषका नाँउमा सभापति लामिछानेलाई बुझाएको र पछी मन्त्री हुँनाका लागी पनि पार्टी सभापतिले डिल गरेजती रकम माग गरेको नाम नबताउने शर्तमा उनले बताए । “म पनि त्यही पार्टीको केन्द्रीय नेता नै हुँ , करोडौं पैषा बुझाउने क्षमता मेरोपनि भएको भए म पनि अहिले सांसद बन्थे । अझै मन्त्री पनि बन्थे । तर पैषा नहुँदा म न त सांसद न मन्त्री नै बन्न सकें ।” उनले भने । त्यस्तै उनले थपे “ढाकाजी ले त सांसद बन्ने अत्ती नै रहर गर्नु भो मसंग पनि आग्रह गर्नुभो अनी मैले पनि उहाँलाई सहयोग गरेको छु । त्यतिबेलै उहाले पोखराकै एक सहकारीको बचतसमेत लगेर पार्टीका सभापति जी लाई नै बुझाउनु भयो । त्यतिबेलै उहाँले करोडौं बुझाउनुभएको छ । पछी त्यो विषय सहकारीका शेयर सदस्यहरुले पनि थाहा पाए । मिडियामा पनि समाचारहरु नआएका होईनन् ।” उनले भने ।
ढाका कुमार सांसद छनोट भएसंगै पोखरा स्थीत् ढाकाकुमारद्धारा संचालित् एक सहकारीमा करोडौं रकम अपचलन र स्वयं ढाका सम्लग्न भन्ने समाचार छ्यापछ्याप्ती हुनु र अहिले सार्वजनिक भएको उक्त अडियोले नै उक्त विषय पुष्टि गर्ने उनले बताए । सांसद र मन्त्री बन्नैका लागी रास्वपामा अदृष्य रुपमा करोडौं लगानी गर्नेहरुको ताँती रहेको समेत उनको दावी छ । यद्धपी पाटी भित्रको आन्तरिक विषय भएकाले धेरै कुरा बोल्न नमिल्ने भन्दै आगामी दिनमा यस्ता विषय क्रमशः बाहिरिने पनि उनले बताए ।
व्यवसायी दुर्गा प्रसाईंसँग साढे दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar