काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले सांसदहरुले संसदमा उठाएको प्रश्नको सरकारले जवाफ नदिएको भन्दै आपत्ती जनाएका छन् ।
शुक्रवारको प्रतिनिधीसभा बैठकमा विशेष समयमा बोल्दै सांसद पाण्डेले सरकार र सदनप्रति आपत्ती जनाएका हुन् । ‘हामी विजयी भैसकेपछी संसदमा आजसम्म २१ औं पटकसम्म बैठक बसेका छौं । बैठकमा थुप्रै सांसदहरुले प्रश्न पनि गरेका छन् । तर संसदमा उठेको कुनैपनि प्रश्नको सरकारले किन जवाफ दिँदैन’ पाण्डेले प्रश्न गरे ।
पाण्डेले आफु लामोसमयदेखी संसदमा रहीआँउदा संसदमा सभामुखको छेउमा संसद सचिवालका कर्मचारीहरुले सांसदले बोलेको कुराहरुको लेखापढी गर्ने प्रवधान रहेकोमा पछिल्लो समय उक्त कार्यहरुसमेत नदेखिएकाले सरकारले नै सांसदहरुले उठाएको विषयमा थाहा नपाएको हो की भन्ने आशंका समेत व्यक्त गरे ।
पाण्डेले उक्त विषय उठाँउदा सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar