काठमाडौ – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ ।
यस योजनामा सहभागी हुन बैंकका ग्राहकले भिजा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ ।बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत २१ देखि बैसाख ९ सम्म लागु रहनेछ । यस योजनाको अन्त्यमा, कुल सहभागीमध्ये १ जना भाग्यशाली विजेता छनौट गरिनेछ । छनौट भएका विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउनेछन ।
बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवद्र्धन गर्नु रहेको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय – समयमा यस्ता नवीन योजना ल्याएर ग्राहकलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको पनि विज्ञप्तिमा उल्ेख छ । हाल बैकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar