काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा जाजरकोटको छोडागाड नगरपालिका – १२ का तत्कालिन वडा सचिव देवीलाल जैसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले आर्थिक् वर्ष २०७५/०७६ को पहिलो, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नक्क्ली लाभग्राही खडा गरेर २ लाख ७३ हजार ४०० रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।
अख्तियारले छेडागाड नगरपालिका – १२ कै वडा कार्यालयका प्रशासन सहायक रत्नबहादुर कार्कीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar