भरतपुर – आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागी चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । लामिछानेले उम्मेदवारी दर्ताको लागी दिउँसो १ बजेका लागी समय लिएको भए पनि तनहुँ जानुपर्ने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेका हुन् ।
यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमालेले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको बताईएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar