काठमाडाैं – संयुक्त राज्य अमेरिकाको दक्षिणी र मध्यपश्चिमका सहरमा आएको टोर्नाडो आँधीमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ।
आँधीमा दर्जनौँ घाइते भएका छन् । मृत्यु हुनेमा टेनेसी राज्यका सात, अर्कान्सासका पाँच र इलिनोइसका चारजना छन् । अन्य पाँच जना इन्डियाना, अलाबामा र मिसिसपी राज्यका रहेको बताइएको छ । शुक्रबार राति आएको आँधीले ८ राज्य प्रभावित बनेका छन् । आँधीले धेरै घर र व्यवसायीक क्षेत्रमा असर पुगेको छ । दक्षिणी मैदानका जंगलमा आगलागी लागेको छ भने उत्तरी क्षेत्रमा हिमपात भएको छ ।
आँधीले विद्युत प्रसारणमा क्षति पुग्दा १० औँ हजार मानिस अँध्यारोमा बस्न बाध्य छन् । ८ करोड ५० लाख मानिस आँधीबाट प्रभावित भएको समाचार एजेन्सी अलजजीराले जनाएको छ । अर्कानान्सका गभर्नर साराह हुकाबीले राज्यमा संकटकाल घोषाणा गर्दै उद्वार र राहतका लागि १०० सदस्यीय सक्रिय टोली गठन गरेका छन् ।
२०२३ मा मात्रै अमेरिकामा टोर्नाडो आँधीका कारण २७१ जनाले ज्यान गुमाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar