काठमाडौं – लामो समयदेखी पोखरामा ब्यबसाय गर्दै आएका युवा ब्यबसायी युवराज खतिवडाले आफुमाथी पोखरा महानगरपालिकाले अन्याय गरेको आरोप लगाएका छन् ।
शुभयुग मिडिया सङ्गको कुराकानीमा ब्यबसायी खतिवडाले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफुलाइ पदको दुरुपयोग गरि ब्यबसायमा अनावश्यक हस्तक्षेप गरि अन्याय गरेको आरोप लगायका हुन् । “मैले लामो समयदेखी पोखरामा थुप्रै ब्यबसाय गरेको छु, ब्यबसायबाटै केन्द्र सरकार र स्थानीय सरकारलाई लाखौं राजश्व पनि तिरेको छु, तर म माथी मेयर साबले राजनितीक दुस्मनी साधी अनावश्यक दुख दिनुभएको छ । म माथी अन्याय गर्नुभएको छ । मैले गरेको हरेक ब्यबसायमा जहिल्यै हस्तक्षेप गरीरहनुभएको छ ।” उनले भने ।
खतिवडाका अनुसार पछिल्लो समय पोखरा महानगर्पालिका स्थीत वडा नम्बर २४ मा स्थानीयहरुको खेतबारी जमिन पुर्ने काममा पठाएको आफ्नो डोजर र ट्रीपरहरु अहिले मेयर आचार्यको निर्देशनमा समातिएको बताएका छन् । आफूले बैधानिक तवरले कार्य गर्दा समेत मेयर आचार्यले आफुमाथी फरक राजनीतिक बिचार बोकेकै आधारमा यस्तो कार्य गरेको उनको आरोप छ ।
गत केही दिन अघि पोखरा २३ र २४ मा स्थानियको जमिन पुर्न खतिवडाले आफ्नो डोजर र ट्रीफरहरु स्थानिय उपभोक्ता समितीलाइ भाडामा दिएका थिए । यद्दपी महानगरपालिकाले भने फेवाताल पुरेको भन्दै उनको सवै सवारीसाधन कब्जा गरेको छ ।
पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar