अफगानिस्तान – महिला शिक्षाको क्षेत्रमा अभियान चलाइरहेका एक अभियन्तालाई तालिबानी सरकारले पक्राउ गरेको छ ।
३० वर्षीय मातिउल्लाह वेसालाई तालिबानी सरकारले पक्राउ गरेको हो । उनले केही समयदेखि अफगानिस्तानका ग्रामीण भेगमा पुगेर महिला शिक्षाका लागि अभियान चलाइरहेका छन् । उनी ‘पेनपथ’ नामक मानव अधिकार तथा महिला शिक्षा अभियान चलाइरहेको संस्थाका संस्थापक तथा अध्यक्षसमेत हुन् ।
अफगानिस्तानमा महिलाका साथै किशोरीहरूलाई समेत विश्वविद्यालय तथा विद्यालय प्रवेशमा निषेध गरिएको छ ।
गत फेब्रुअरीमा प्राध्यापक इस्माइल मशाललाई पनि राजधानी काबुलबाट पक्राउ गरिएको थियो । उनी शिक्षामा महिलाको अधिकारमाथि लगाइएको बन्देजको खरो आलोचकसमेत हुन् । उनलाई पुस्तक वितरण गर्दैगर्दा पक्राउ गरिएको थियो । उनलाई मार्च ५ मा छाडिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा केही बोलेका छैनन् ।
Men, women, elderly, young, everyone from every corner of the country are asking for the Islamic rights to education for their daughters. Penpath female volunteers calls for girls education and their rights to education #PenPathGirlsEduCampaign #PenPathGirlsEduCampaign pic.twitter.com/gekG7fsGKj
— Matiullah Wesa مطيع الله ويسا (@matiullahwesa) March 26, 2023
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar