काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) विरुद्ध मिटर ब्याज पीडितहरुले नाराबाजी गरेका छन् ।
मिटर ब्याज पीडितहरुले ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका हुन् । शाही राजवादी र सामान्तवादी रहेको भन्दै मिटर ब्याजी पीडितहरुले उनीबिरुद्ध चर्को नाराबाजी गरेका थिए । आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता समेत नचाहिने बताएका थिए ।
बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् । उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघर पुगेका थिए ।
शाहीले आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए । तर मिटर ब्याज पीडितले उनको कुरै सुन्न नचाहेको भन्दै उनीबिरुद्ध चर्को नाराबाजी गरेका थिए। आफु बिरुद्ध चर्को नाराबाजी सुरुभएपछी शाही त्यहाँबाट लुरुक्क बाटो लागेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar