काठमाडौं – नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
मन्त्रालय भागबन्डा पेचिलो बनिरहेका बेला अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झालनाथ खनाल, महासचिव घनश्याम भुसाल नेता प्रकाश ज्वालालाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । अहिले प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेताहरुबीच छलफल भइरहेको छ ।
सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर गृह मन्त्रालय माओवादी आफैले राख्ने बताउँदै आएको छ । यद्धपी एकीकृत समाजवादीले गृहको दाबी गरे पनि सहमतिमा अन्य कुनै तीन मन्त्रालय पाए सहमति जुट्ने नेताहरूले बताएका छन् ।
त्यस्तै आजै साँझ ४ बजे सत्ता गठबन्धनको बैठक पनि बस्दैछ । बैठकमा कुरा मिले आजै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । नेकपा एकीकृत समाजवादीले केन्द्रमा तीन मन्त्री र सातै प्रदेशमा मन्त्रीसहित् एक प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने र यो विषयमा प्याकेजमा सहमति गर्नुपर्ने बताउँदै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar