धादिङ – नेकपा एमाले सिद्धलेक गाँउपालिका कमिटीले अध्यक्ष परशुराम खतिवडालाई ज्ञापन पत्र बुझाएको छ ।
गाँउपालिकाले गठन गरेको शिक्षा कार्यदल कानुन सम्वत नभएको र उक्त कार्यदलले पेश गरेको प्रतिवेदनसमेत अवैधानिक रहेको भन्दै एमालेले अन्य ६ बुँदे माग राख्दै आईतबार अध्यक्ष खतिवडासमक्ष ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा कथित शिक्षा कार्यदल कानुन सम्वत नभएको र उक्त कार्यदलले पेश गरेको प्रतिवेदन अवैधानिक रहेको, गाउँपालिकाको अनुदानमा कार्यरत शिक्षकहरुको हालसम्मको बाँकी तलब निकासा गरि निरन्तरता दिनुपर्ने, स्थानीय पुर्नसंरचना पश्चात पालिकाको आवश्यता हेरि राखिएको कर्मचारीलाई निरन्तरता दिनुपर्ने माग समेटिएको एमाले सिद्धलेकका सचिव रामहरी बराकोटीले जानकारी दिए ।
त्यस्तै पालिकाको ठेक्का भन्दा बाहिरको ढुंगा , बालवा , गिट्टी तथा खानीजन्य पदार्थको निकासी गर्दा कति आम्दानी भयो, पालिकामा दरबन्दी अनुसारको कर्मचारी तुरुन्त व्यवस्थापन गर्नुपर्ने र यसअघी एमालेले बुझाएको ज्ञापनपत्रको के कति कार्यान्वयन भयो भन्नेबारे प्रष्ट जवाफ माग गरिएको पनि सचिव बराकोटीले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar