हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज शुत्रबार विश्वासको मत लिँदै छन् ।
नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि दोहोर्याएर विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसभित्र विश्वासको मत दिने नदिनेबारे विवाद बढेपछि अन्तिम समयमा आएर बुधबार बोलाएको बैठक स्थगित हुन पुगेको थियो ।
राप्रपा प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको थियो । राप्रपाले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फागुन १३ गते फिर्ता बोलाएकाले चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने सरकारसँग बाध्यता छ ।
गत पुस २६ मा वाग्मती मन्त्रिपरिषद् गठन हुँदा नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री रहेका थिए । यद्धपी आजको वैठकमा एमालेले आफ्नो कुरा राखेर मन्त्री पदबाट राजीनामा दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar